Madhes Khabar
समाचार

बारामा भएको मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

सांकेतिक फाेटाे ।

बारा,१६व‌ैशाख:वीरगन्ज- पथलैया- सडकखण्डमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका ३ बसन्तपुरका ४० वर्षीय राम चमार रहेका छन् ।

 

वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना२७प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदै सडक छेउको रेलिङमा ठोक्किँदा चमार र उनकी ३५ वर्षीया पत्नी जानकी देवी गम्भीर घाइते भएका थिए ।

 

डाबर नेपाल अगाडि भएको उक्त दुर्घटनाका घाइते दुवैलाई उद्धार गरि अस्पताल लगिएको थियो । चमारको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको हो । उनकी पत्नी जानकी देवीको गण्डक अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Related posts

चुनावलाई लक्षित गरि वीरगन्जमा नेपाल–भारतका प्रहरी अधिकृतहरु बिच छलफल

MadhesKhabar

काेशी ब्यारेजबाट बस सप्तकाेशी नदीमा खस्याे, यात्रु र चालक सबैकाे सकुशल उद्धार

MadhesKhabar

प्रदेश सभा सदस्य कुर्मीद्वारा विवाह भवनको उदघाटन

MadhesKhabar

Leave a Comment