Madhes Khabar
समाचार

बाराका प्रहरी नायब निरीक्षक यादव उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत

वीरगन्ज,३०असाेज:नेपाल प्रहरीका कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादव उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत भएका छन् ।६९ ओैं प्रहरी दिवसकाे अवसरमा यादव `उत्कृष्ट महिला बालबालिका सम्बन्धि अपराध अनुसन्धानकर्ता´ पुरस्कारबाट पुरस्कृत भएका हुन्।

काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा मंगलबार आयाेजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुवँरले यादवलाई पुरस्कृत गरेका हुन्।यादव हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत छन्।

बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर २ बरियापुर निवासी यादव २०७२ साल साउन १ गतेदेखि नेपाल प्रहरीकाे सेवामा प्रवेश गरेका थिए ।प्रहरी सहायक निरीक्षक पदबाट नेपाल प्रहरीकाे सेवामा प्रवेश गरेका यादवकाे २०८० सालमा प्रहरी नायब निरीक्षक पदाेन्नती (बढुवा) भएको थियाे।

Related posts

पर्साको सेमरबारीबाट गाँजा सहित पासवान पक्राउ

MadhesKhabar

पर्सामा ४ सय वटा सीमास्तम्भ मर्मत सम्भार

MadhesKhabar

सुवर्णपुरकाे सहिद स्मारक र बजारमा सरसफाइ

MadhesKhabar

Leave a Comment