Madhes Khabar
समाचार

पर्साको सेमरबारीबाट गाँजा सहित पासवान पक्राउ

वीरगन्ज, २६ असार : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरबारीबाट लागु औषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाँउपालिका वडा नम्बर ५ का ३३ वर्षिय बृज किसोर पासवान रहेका छन् । प्रहरीले उनलाई १२ केजी गाँजासहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले सेमरबारीमा पासवानलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको झोला भित्रबाट १२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका पासवानलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Related posts

वीरगन्जका एक युवक र दुई भारतीय नागरिक गाँजा, चरेस र अफिमसहित पक्राउ

MadhesKhabar

बबरमहलमा फुटेको खानेपानीको पाइप मन्त्री यादवकाे निर्देशनमा मर्मत गरियाे

MadhesKhabar

बारामा अफिमसहित एक पुरुष पक्राउ

MadhesKhabar

Leave a Comment