Madhes Khabar
समाचार

पर्साको सेमरबारीबाट गाँजा सहित पासवान पक्राउ

वीरगन्ज, २६ असार : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरबारीबाट लागु औषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाँउपालिका वडा नम्बर ५ का ३३ वर्षिय बृज किसोर पासवान रहेका छन् । प्रहरीले उनलाई १२ केजी गाँजासहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले सेमरबारीमा पासवानलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको झोला भित्रबाट १२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका पासवानलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Related posts

बाराको पथलैयाबाट २१ लाख बढी मुल्यको तामाका भाँडावर्तन सहितको गाडी प्रहरी नियन्त्रणमा

MadhesKhabar

एनवाइईएफ वीरगन्जले जित्यो उत्कृष्ट च्याप्टरको अवार्ड

MadhesKhabar

पर्साकाे कल्याणपुरबाट तीन थान गाेलिया काठसहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment