Madhes Khabar
समाचार

एनवाइईएफ वीरगन्जले जित्यो उत्कृष्ट च्याप्टरको अवार्ड

काठमाडौं,४साउन: नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगन्ज च्याप्टरले उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ । काठमाडौंमा भएको नेपाल युवा उद्यमी मञ्चको २० औँ साधारण सभाको अवसरमा वीरगन्ज च्याप्टरले उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको हो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र एनवाइईएफ एनजीसीकी अध्यक्ष सहारा जोशीले वीरगन्ज च्याप्टरका निवर्तमान अध्यक्ष सन्दीप अग्रवाल लगायतलाई सामूहिक रूपमा अवार्ड प्रदान गरे । वीरगन्ज च्याप्टरले यसअघि पनि विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

उत्कृष्ट अवार्ड प्राप्त गरेपछि वीरगन्ज च्याप्टरका निवर्तमान अध्यक्ष अग्रवालले आयोजकप्रति आभार प्रकट गरे । वीरगन्ज च्याप्टरले गरेका काम र गतिविधिको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको हुँदा यसले आगामी दिनमा अझै सक्रिय भएर काम गर्ने हौसला मिलेको उनले बताए ।

एनवाइईएफ वीरगन्ज च्याप्टरका सम्पूर्ण टोलीको मेहनत, समर्पण र सहकार्यको भावनाको परिणाम स्वरूप अवार्ड प्राप्त भएको उनको बुझाई छ । औद्योगिक एवं आर्थिक नगरी वीरगन्मा उद्यमशीलताको प्रवर्द्धन गर्न र युवालाई उद्यममा प्रेरित गर्ने कार्यमा सक्रिय पूर्वक काम गरिरहेको पनि उनले दाबी गरे ।

वीरगन्ज च्याप्टरसँगै काठमाडौँ च्याप्टरले पनि उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ ।

Related posts

अब वर्षा याममा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँमा वितरण हुन्छ : मन्त्री यादव

MadhesKhabar

पर्साको हुलाकी सडकबाट सशस्त्र प्रहरीद्वारा गाँजासहित दुई जना पक्राउ

MadhesKhabar

वीरगन्ज महानगरमा जसपाले खाता खोल्यो , वडा नं ३२ को वडा अध्यक्षमा मिया निर्वाचित

MadhesKhabar

Leave a Comment