Madhes Khabar
समाचार

बाराको पथलैयाबाट २१ लाख बढी मुल्यको तामाका भाँडावर्तन सहितको गाडी प्रहरी नियन्त्रणमा

बारा,१८असोजःबारामा प्रहरीले राजश्व छलेर ल्याइएको २१ लाख रुपैयाँ मूल्य भन्दा बढीको तामाका भाँडाहरु नियन्त्रणमा लिएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरीले एक गाडी तामाको भाँडावर्तन नियन्त्रणमा लिएको हो । जीतपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च ५९३१ नम्बरको मालवाहक पिकअप गाडी पथलैया चोकमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा बिलबिजकमा उल्लेख गरिएको भन्दा बढी परिमाणमा अर्थात २१ लाख १६ हजार पाँच सय ३३ रुपैयाँ मूल्यको तामाका भाँडाकुडाँहरु बरामद भएपछि सामानसहितको गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नियन्त्रणमा लिइएको सामानसहितको गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सपकोटाले जानकारी दिए ।

 

 

 

Related posts

सामुहिक बलात्कारको आरोपमा धनुषाका एक वकिल पक्राउ

MadhesKhabar

अजय चौरसियालाई समर्थन गर्दै बहुदरमाई–३ का वडाध्यक्षसहित दर्जनौ व्याक्तिहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

हेटौंडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई युवकको मृत्यु

MadhesKhabar

Leave a Comment