जनकपुरधाम,१भदौं : सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक वकिल पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिवक्ता प्रमोद कुमार राय छन् ।शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरेर रायलाई शनिबार धनुषा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलालाई सामूहिक बलात्कार गरेको जाहेरी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता दर्ता भएको थियो। प्रहरीका अनुसार घटना १२ माघ २०८१ को हो ।
त्यसदिन बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहित ३ जनाको समूहले जबर्जस्ती करणी गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छन् ।
पीडितले त्यसबेला नै इलाका प्रहरी कार्यालय महानगरमा उजुरी दिंदा दर्ता भएको थिएन । पीडित पक्ष उच्च अदालतमार्फत परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो ।साभारःअनलाइनखबर

