Madhes Khabar
समाचार

नेशनल मेडिकल कलेजद्वारा प्रहरी चौकीमा फर्निचर सहयोग

वीरगन्ज,२७फागुनःनेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले आफनो २४ औ बार्षिक उत्सवको अवसरमा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित अस्थायी प्रहरी चौकीलाई फर्निचर सहयोग गरेको छ।

नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले मंगलबार प्रहरी चौकीमा एक थान स्टिल दराज र एक थान टेबुल सहयोग गरेको हो । मेडिकल कलेजकी निर्देशक डा.रुबी श्रेष्ठ यास्मिनले अस्थायी प्रहरी चौकी भिस्वाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक राजैश्वर प्रसाद मण्डललाई स्टिल दराज र टेबुल हस्तान्तरण गरेकी हुन् ।

स्टिल दराज र टेबुल हस्तान्तरण कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल प्रशासनका मौलाना नरुल होदा र पपु सिंहको पनि उपस्थिती रहेको थियो।

Related posts

विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट खानेपानी मन्त्रालय : मन्त्री यादव

MadhesKhabar

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न चितवन जिल्ला अदालतको आदेश

MadhesKhabar

कठमाडौंको टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान

MadhesKhabar

Leave a Comment