Madhes Khabar
समाचार

हेटौंडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई युवकको मृत्यु

वीरगन्ज,१३फागुनः हेटौंडामा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र त्यसमा सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो।

ठक्कर दिने ट्रक र त्यसका चालक फरार रहेका छन् । प्रहरीले ठक्कर दिने ट्रक र चालकको खोजी जारी राखेको बोगटीले जानकारी दिए।

 

Related posts

डीभीको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ

MadhesKhabar

बारा : ८ कट्ठामा लगाइएको गाँजा खेती नष्ट

MadhesKhabar

गृहमन्त्री सुधन गुरुङ भन्छन् : बलात्कारीलाई तत्काल मृत्युदण्ड दिन सक्ने अवस्था छैन

MadhesKhabar

Leave a Comment