Madhes Khabar
समाचार

बारा : ८ कट्ठामा लगाइएको गाँजा खेती नष्ट

बारा,२२पुष: बारामा लगाइएको ८ कट्ठा गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय नीजगढबाट खटिएको प्रहरीकाे टाेलीले दुई स्थानमा गरी ८ कठ्ठामा लगाइएको अन्दाजी ६ हजार गाजाको बोट फडानी गरी नष्ट गरेको हो।

नीजगढ नगरपालिका वडा नम्बर १२ भक्तलालमा ४ कठ्ठा र कोलगाँउमा ४ कठ्ठा गरी ८ कट्ठा गाँजाखेती फडानी गरी नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

गाँजा खेती गर्नेहरुकाे पहिचान गरी उनिहरुलाई पनि पक्राउ गरिने उनले बताए।

Related posts

बाराको सुर्वण गाँउपालिकाका अध्यक्ष यादवले माफी माग्नुपर्छ : पत्रकार महासंघ

MadhesKhabar

इन्धनमा गरिएको मुल्य वृद्धिको विरोधमा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

तस्करीको सुन किनेकाे शिवकुमार सर्राफकाे बयान

MadhesKhabar

Leave a Comment