Madhes Khabar
समाचार

पर्साको सबैठवामा गाईभैंसीको गोठबाट तस्करीको १० लाख बढीको कपडा सशस्त्र प्रहरीद्धारा बरामद

वीरगन्ज,२ असोजः पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवास्थित गोठबाट सशस्त्र प्रहरीले तस्करीको १० लाख बढीको कपडा बरामद गरेको छ ।

सबैठवामा रहेको गाईभैंसीको भुस राख्ने गोठबाट शुक्रबार सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५४० रुपैयाँ मूल्य बराबरको साडी, कुर्थासुरुवाल,तन्ना लगायतका कपडा बरामद गरेको हो ।

भारतबाट तस्करी गरि ल्याइएका कपडाहरु गोठमा लुकाई छुपाई राखिएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीबाट शुक्रबार खटिएको टोलीले ती कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले बताए ।

बरामद ती कपडा र कपडा बरामद भएको गोठ धनीको पहिचानका बारेमा सशस्त्र प्रहरीले खुलाएको छैन ।बरामद कपडा आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।

 

Related posts

मकवानपुरमा ट्रक दुर्घटना हुदाँ वीरगन्जका एक युवकको मृत्यु

MadhesKhabar

पूर्वसभामुख महरालाई बलात्कार आरोपमा जेल पुर्‍याउने रोशनी शाही मृत भेटिइन्

MadhesKhabar

नेपाल छिर्दै गरेको अवस्थामा वीरगन्ज नाकाबाट काजकिस्तानी महिलासहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment