Madhes Khabar
समाचार

सुवर्णपुरकाे सहिद स्मारक र बजारमा सरसफाइ

फाेटाे साैजन्य : कृष्णमाेहन साह

मधेसखबर
वीरगन्ज ,०३ असाेज : पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर ५ सुवर्णपुरमा मिर्मिरे लघुवित्त संस्थाले सरसफाई गरेकाे छ ।

संस्था स्थापनाकाे १२ वर्ष पूरा भई १३ वर्षमा प्रवेश गरेको अवसरमा मिर्मिरे लघुवित्त संस्थाले साेमबार सुवर्णपुर स्थित सहिद स्मारक परिसर र सुवर्णपुर बजारमा सरसफाई गरेकाे हाे । त्यसक्रममा बजारका चाेक चाेकमा डस्टविन वितरण पनि गरिएकाे संस्थाका प्रमुख महम्मद मकसुद अन्सारीले जानकारी दिए ।

संस्थाका मधेस प्रदेश प्रमुख रामकिसोर चौधरीको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी , स्थानीयवासी लगायतले पनि सघाएका थिए ।

चाैधरीले संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै यो संस्थाकाे उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट याेगदान गर्ने प्रतिवद्धता पनि जनाए ।

वडा अध्यक्ष अस्ट बहादुर लोप्चनको प्रमुख अतिथ्यतामा भएको सरसफाई कार्यक्रममा किरण कुमार परियार,निरंजन चौधरी,सुजन क्षेत्री,रबिन्द्र चौधरी,कृष्ण बोहरा,सशस्त्र प्रहरी निरिक्षक दिपक नापित, प्रहरी सहायक निरीक्षक रामबाबु यादव, लगायतकाे पनि सहभागिता रहेको थियो।

Related posts

बारामा भएको मोटरसाइकल दुर्घटनामा क्रिकेटर आदिल आलम घाइते,वीरगन्जमा उपचार हुदैं

MadhesKhabar

बाराको पथलैयाबाट २१ लाख बढी मुल्यको तामाका भाँडावर्तन सहितको गाडी प्रहरी नियन्त्रणमा

MadhesKhabar

भारतमा अब नेपाली कागजातकाे आधारमा भारतीय सिमकार्ड पाइने

MadhesKhabar

Leave a Comment