Madhes Khabar
समाचार

कारमा गाँजा ओसार्ने जितपुरका अन्सारी हेटौंडामा पक्राउ

मकवानपुर,२९फाल्गुनःकारमा लागू पदार्थ गाँजा ओेसार्ने बाराका एक युवक मकवानपुरको हेटाँडामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–७ जितपुरका १९ बष्र्षिय साबिर अन्सारी रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट उनलाई प्रहरीले ८४ किलो १२० ग्राम लागुऔषध गाँजासहित मंगलबार बिहान पक्राउ गरेको हो । अन्सारी आँफैले हाँकेको बिआर ०१ बिएफ ५५८१ नम्बरको भारतीय कार नेवारपानीमा राकेर प्रहरीले चेकजाँच गरेकोे थियो । त्यसक्रममा कारको सिटको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा ८४ किलो १२० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

गाँजा र कारसहित नियन्त्रणमा लिइएका अन्सारीलाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको भण्डारीले बताए ।

Related posts

ठोरीको एक घरमा प्रहरीले मध्यरातमा छापा मार्दा डेढ क्युन्टल बढी गाँजा बरामद,घरधनी फरार

MadhesKhabar

वीरगन्जको हरपतगन्जबाट गाँजासहित ४ जना पक्राउ

MadhesKhabar

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलनबाट २५ सदस्यीय केन्द्रिय समिति चयन

MadhesKhabar

Leave a Comment