Madhes Khabar
समाचार

वीरगन्जको हरपतगन्जबाट गाँजासहित ४ जना पक्राउ

वीरगन्ज,२४पुसःवीरगन्ज महानगरको ग्रामीण भेगबाट प्रहरीले लागू औषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जबाट मंगलबारराति प्रहरीले चार वटा पोकामा रहेको ५० केजी गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुरका ४० वर्षी पारस यादव,५२ वर्षीय मैनुदिन मियाँ, वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ र वडा नम्बर ७ कै छपकैयाका ४५ वर्षीय शिव महत्तो रहेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार राति ९.३० बजे खटिएको प्रहरी टोलीले हरपतगन्ज चोकस्थित सडकभन्दा ५ सय मिटर परको कू्रलोको बाटो हुदैं टाँउकोमा गाँजाको भारी बोकेर जाँदै गरेका उनिहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक किशोर लम्सालले बताए ।

गाँजासहित नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागू औषध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए ।

 

Related posts

बाराका दुई युवक ठूलो परिमाणमा लागूऔषधसहित हेटौडामा पक्राउ

MadhesKhabar

प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा नष्ट

MadhesKhabar

बारा: मोटरसाइकलको ट्यांकीभित्र लुकाएर लागुऔषधको तस्करी,दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment