वीरगन्ज,३०असोजःवीरगन्ज भन्सार कार्यालय पछाडिबाट लागू औषध गाँजासहित एक भारतीय बृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको पटना बस्ने ७० वर्षीय ब्रम्ह सहनी रहेका छन् ।
उनलाई ६ किलोग्राम गाँजासहित सशस्त्र प्रहरीले बुधबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार कार्यालय पछाडिको मन्दिर नजिकबाट पक्राउ गरेको हो ।
गाँजासहित पक्राउ परेका सहनीलाई आवश्यक कारबाहीका लागि बिहीबार वडा प्रहरी कार्यालय वीर्तामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

