Madhes Khabar
समाचार

नेपाल–चीन सीमामा भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं,२३पुसःमंगलबार बिहान नेपाल–चीन सीमामा पर्ने तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि चीनमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ।तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। त्यस्तै १३० जना भन्दा बढी घाइते रहेको पनि समाचारमा उल्लेख छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनिकरण गर्न निर्देशन दिएका छन्। सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन्।

बिहान ६ः५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो।वीरगन्ज,काठमाडौ लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए। काठमाडौंको स्युचाटारमा एक जना पुरूषले घरको छतबाट हामफालेर घाइते भएका छन्।

यस्तै सोलुखुम्बुमा दुई वटा घर भत्किएको खबर प्राप्त भएको छ । नेपालमा भुकम्पको धक्काबाट भएको क्षतिको विवरण संकलन गर्न देशैभर सशस्त्र प्रहरी बलले २ हजार ५ सय सुरक्षाकर्मी खटाइएको जनाएको छ ।

Related posts

बारामा अफिमसहित एक पुरुष पक्राउ

MadhesKhabar

बाराको इटियाही बजारमा सोनलले गरे टावर लाइटको उद्घाटन

MadhesKhabar

वीरगन्जबाट काठमाडौंमा एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति, पर्साका पनि दुई जना संलग्न

MadhesKhabar

Leave a Comment