Madhes Khabar
समाचार स्थानिय

प्रजातन्त्र दिवसमा वीरगन्ज कारागारबाट १० जना कैदी रिहा

मधेसखबर
वीरगन्ज,७ फागुन : ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी पाएर वीरगन्ज कारागारबाट १० जना कैदी रिहा भएका छन् ।

संघीय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा देशका विभिन्न कारागारमा रहेका ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकि हुन् । ती मध्ये वीरगन्ज कारागारका १० जना कैदीको पनि सजाय मिनाहा भएर आइतबार रिहा गरि घर पठाइएको वीरगन्ज कारागारका सूचना अधिकारी नवराज बर्तौलाले बताए ।

उनका अनुसार , आइतबार वीरगन्ज कारागारबाट बाँकी सजाय मिनाहा भएर रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाका १ जना, लापरबाहीबाट मानिसको ज्यान मुद्दाका १ जना र हातहतियार खरखजना मुद्दाका १ जना रहेका छन् ।

रिहा हुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिकाा गणेश साह तेली, लालेश्वर चौधरी र राजकपुर पटेल, पर्साको जगरनाथपुर गाँउपालिकाका सहदेव महतो, पर्साकै सखुवा प्रसौनी गाँउपालिकाका सल्टु महतो ,पर्साकै ठोरी गाँउपालिकाका सागर पाख्रिन , बाराको जितपुरसिमरा उपमहानगरपालिकाका नागेन्द्र चौधरी, बाराकै प्रसौनी गाँउपालिकाका योगेन्द्र प्रसाद साह, , बाराकै कोल्हबी नगरपालिकाका शम्भु चौधरी तथा मकवानपुरको हेटौडा उपमहानगरपालिकाका उत्तम ज्योति बज्राचार्य रहेका छन् ।

कैद मिना भएर रिहा हुनेहरूलाई कारागार प्रशासनलले आइतबार एक कार्यक्रम आयोजना गरि विदाई गरेको वीरगन्ज कारागारका आन्तरिक प्रशासन प्रमुख दिनेश साह सोनारले जानकारी दिए ।

 

Related posts

विरोध र प्रदर्शनका बिच पर्सागढी नगरपालिकाको नगरसभा सम्पन्न

MadhesKhabar

सूर्य नेपाल प्रालिको कर्मचारी भन्दै व्यपारीहरुलाई ठग्ने वीरगन्जका ३ जना पक्राउ

MadhesKhabar

भ्रष्टाचार विरुद्ध वीरगन्जमा लगातार तेश्राे दिन जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

Leave a Comment