Madhes Khabar
समाचार

विरोध र प्रदर्शनका बिच पर्सागढी नगरपालिकाको नगरसभा सम्पन्न

मधेसखबर

वीरगन्ज,१०असार : पर्साको पर्सागढी नगरपालिकाको सातौ नगरसभा विवाद र विरोधका बिच शुक्रबार सम्पन्न भएको छ।

६ वटा वडाका वडा अध्यक्षहरु  शेख खुर्सेद, नवल किशोर प्रसाद कलवार ,सुकमान तामाङ्ग , शंकर रायभर , रामबढाई प्रसाद यादब ,सुनरी देबी थरुनी  लगायतका  कार्यपालिका सदस्यहरुले विरोध र प्रदर्शन गरे पनि नगरसभा सम्पन्न भएको हो।

नगर प्रमुख गोकर्ण पाठक ले एकलौटी रुपमा नगरपालिका चलाउन खोजेको , बिषयगत समिति आफ्नो राजिखुसी बाँडफाँड गरेको ,निती तथा कार्यक्रम बनाउदा नगरप्रमुख का भाई बिनोद पाठक भन्ने देव पाठकले धाधली समेत गरेकोले नगरसभामा आफुहरुले विरोध जनाउँदै प्रदर्शन गरेको वडा अध्यक्ष   शंकर रायभरले बताए ।

वडा अध्यक्षहरुले विरोध र     प्रदर्शन  गरे पनि नगर उपप्रमुख पुजा चौधरीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति  कार्यक्रम तथा बजेट प्रस्तुत गरिने ।उनले ५८ करोड ८१ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

नीति कार्यक्रम तथा बजेटमा कृषि,  पर्यटन , कला साहित्य,  घरेलु उद्योग, सहकारी , स्वास्थ्य  शिक्षालाइ प्राथमिकता दिइएको छ।

Related posts

पर्सामा समातिएका मोटरसाइकलको स्वामित्व हक दाबी गर्न प्रहरीको सूचना

MadhesKhabar

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न एकता अभियानको माग

MadhesKhabar

गठन भएकाे चार दिनपनि नबित्दै पर्सा ग्रामिण पत्रकार समाजमा देखियाे विवाद

MadhesKhabar

Leave a Comment