Madhes Khabar
समाचार

वीरगन्जको रजतजयन्ती चोकबाट ब्राउन सुगरसहित ३ जना युवक पक्राउ

वीरगन्ज,१९ असारः वीरगन्जमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज १६ रजतजयन्ति चोकमा शुक्रबार दिउँसो भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको ना ४० प ९१६० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका २५ वर्षीय अरविन्द ओझा र २८ वर्षीय मुकेश कुशवाहाको साथमा ३३० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि ती दुवैलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै रजतजयन्ति चोकमै बिहीबार राति प्रहरी चौकी इनर्वाको टोलीले नियमित चेकजाँचका क्रममा रक्सौलबाट पैदल वीरगन्ज आइरहेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ चिलझपटीका २२ वर्षीय राजन साहलाई १६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लागू औषध ब्राउनसुगर सहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर प्रचलित कानुन बमोजिम कानूनी कारबाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

Related posts

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

MadhesKhabar

वीरगन्ज–कलैया सडकखण्डमा भारतीय कारको ठक्करबाट ६ बर्षीया बालिकाको मृत्यु

MadhesKhabar

छात्रवृती निवेदन माग बारे सबै संस्थागत विधालयलाई महानगरपालिकाको निर्देशन

MadhesKhabar

Leave a Comment