Madhes Khabar
समाचार हेडलाइन

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

मधेसखबर
वीरगन्ज, ०१ कात्तिक : पर्सामा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज शहर र ग्रामीण भेगबाट मोटरसाइकल चोरी गरि अन्यत्र लगेर बिक्री गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले मोरटरसाइकल चोरी गिरोहमा संलग्न ६ जनालाई पक्राउ गर्नुका साथै उनिहरुको साथबाट चोरीका ५ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइका २१ ब्र्षिय सुमित कुशवाहा , वडा नम्बर १२ मुर्लीका १९ बर्षिय राजन मण्डल , मुर्लीकै अभय मण्डल , वडा नम्बर ११ रानीघाटका २० बर्षिय नन्दन चौरसिया , वडा नम्बर १० घडीअर्वाका २० बर्षिय रिकी मण्डल र पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ६ सिर्सियाका २५ बर्षिय खरबुद आलम रहेका छन् ।

उनिहरुको साथबाट चोरीका ना.१० प ५०५१, प्र.२–०३–००३ प ७५०९, ना.३७ प २०२४ , ना.१८ प ४२१९ र ना.३७ प २०२४ नम्बरका गरि ५ वटा मोटरसाइकल बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

Related posts

मधेसमा केही दिन अझै गर्मी बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

MadhesKhabar

नेशनल मेडिकल कलेजमा नवनिर्मित कन्फरेन्स हलको उद्घाटन, डा. शर्मा र डा. उप्रेती सम्मानित

MadhesKhabar

हैजा नियन्त्रण हुदैं गर्दा थपियाे तोडफोड–आगजनीको घाउ, तर सफा -स्वच्छ वीरगन्ज बनाउने महानगरकाे अभियान निरन्तर

MadhesKhabar

Leave a Comment