Madhes Khabar
समाचार हेडलाइन

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

मधेसखबर
वीरगन्ज, ०१ कात्तिक : पर्सामा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज शहर र ग्रामीण भेगबाट मोटरसाइकल चोरी गरि अन्यत्र लगेर बिक्री गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले मोरटरसाइकल चोरी गिरोहमा संलग्न ६ जनालाई पक्राउ गर्नुका साथै उनिहरुको साथबाट चोरीका ५ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइका २१ ब्र्षिय सुमित कुशवाहा , वडा नम्बर १२ मुर्लीका १९ बर्षिय राजन मण्डल , मुर्लीकै अभय मण्डल , वडा नम्बर ११ रानीघाटका २० बर्षिय नन्दन चौरसिया , वडा नम्बर १० घडीअर्वाका २० बर्षिय रिकी मण्डल र पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ६ सिर्सियाका २५ बर्षिय खरबुद आलम रहेका छन् ।

उनिहरुको साथबाट चोरीका ना.१० प ५०५१, प्र.२–०३–००३ प ७५०९, ना.३७ प २०२४ , ना.१८ प ४२१९ र ना.३७ प २०२४ नम्बरका गरि ५ वटा मोटरसाइकल बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

Related posts

विद्यार्थीलाई आत्मनिर्भर बनाउन वीरगन्जमा रात्री साँस्कृतिक तथा खाना मेला

MadhesKhabar

वीरगन्जका किसानलाइ प्रयाप्त मल उपलब्ध गराइ दिन मेयर सिंहद्धारा आग्रह

MadhesKhabar

मधेस सरकार असफल भएकाे साेनलकाे आराेप

MadhesKhabar

Leave a Comment