वीरगन्ज,२३पुसःवीरगन्ज–१५ भेडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नवनिर्मित कन्फरेन्स हलको औपचारिक उद्घाटन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन विभागका डीन प्रा.डा. मोहन राज शर्माले कन्फरेन्स हलको उद्घाटन गरेका हुन् ।
त्यसअवसरमा मेडिकल कलेजले शर्मासंगै महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख डा. सुरेश उप्रेतीलाई स्वागत गर्दै सम्मानित पनि गरेको थियो ।
नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारीको अध्यक्षता तथा शर्माको प्रमुख आतिथ्यतामा भएको कन्फरेन्स हलको समुद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक शहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ, प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसिया, उपप्राचार्य प्रा.डा. रवि शंकर गुप्ता लगायतकाकोपनि सहभागिता थियो ।

