Madhes Khabar
समाचार

मन्त्री यादवको पहलमा वीरगन्जको नगवामा साढे ३ करोडको ओभरहेड ट्यांकी निर्माण हुदैं

वीरगन्ज,७ माघ : संघीय खानेपानी मन्त्रालय अन्तरगत रहेको नेपाल खानेपानी संस्थानले वीरगन्जमा ४५० क्युमेक क्षमताको ओभरहेड ट्यांकी निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।खानेपानी मन्त्री प्रदीप यादवको पहल र अग्रसरतामा वीरगन्ज महानगरालिका वडा नम्बर १६ नगवामा ४५० क्युमेक क्षमताको ओभरहेड ट्यांकी निर्माणका लागि सोमबार बोलपत्र आह्वान सहितको प्रक्रिया सुरु गरिएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।

संस्थानले ३ करोड ४६ लाख रुपैया लागतको ओभरहेड ट्यांकीनिर्माणका लागि बोलपत्र आह्वान सहितको प्रक्रिया अगाडि बढाएको नेपाल खानेपानी संस्थान कलैया शाखाका प्रमुख संजिवकुमार यादवले जानकारी दिए ।नगवामा खानेपानीको ओभरहेड ट्यांकी निर्माण भई सञ्चालनमा आएपछि त्यहाँका नागरिकलाई शुद्ध अनि स्वच्छ खानेपानी वितरणका लागि निकै सहज हुने नेपाल खानेपानी संस्थानका निमित्त महाप्रवन्धक त्रिदीपकुमार श्रेष्ठले बताए ।

नगवा र त्यस आसपासको क्षेत्रमा पानीको समस्या भएको व्यापक जनगुनासो आएपछि खानेपानीमन्त्री यादवले केही महिना पहिले स्थालगत अनुगमन तथा निरीक्षण गर्दै ओभरहेड ट्यांकी निर्माणका लागि अवश्यक पर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउन पहल गरेका थिए ।

उक्त आयोजनाले खानेपानी सेवाको गुणस्तर वृद्धि गर्दै वीरगन्ज क्षेत्रको खानेपानी आपूर्तिमा सुधार ल्याउने तथा स्थानीयवासीको दीर्घकालीन पानीको माग पूरा गर्ने लक्ष्य राखेको मन्त्री यादवले बताए ।

उनले भने, “सरकारको दिगो विकास लक्ष्य र खानेपानी सेवामा सुधारका प्रयासहरुको हिस्साका रुपमा आएको यो परियोजनाले क्षेत्रीय खानेपानी सङ्कट समाधान गर्दै स्थानीयवासीको जीवनस्तर उकास्न मद्दत पु¥याउने अपेक्षा छ ।”

नयाँ ओभरहेड ट्यांकी निर्माणले खानेपानीको भण्डारण र वितरणलाई व्यवस्थित बनाउँदै समग्र सेवाको गुणस्तरमा सुधार ल्याउने तथा यो महत्वाकांक्षी आयोजना सुरु हुन लाग्नु अत्यन्तै खुशीको विषय भएको मन्त्री यादवको भनाई छ ।

वीरगन्ज क्षेत्र, जसले देशको प्रमुख आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको तथा पानी आपूर्तिको क्षेत्रमा निकै चुनौतीको सामना गरिरहेकाले यस परियोजनाको कार्यान्वयनले स्थानीयवासीको मागलाई सम्बोधन गर्दै सामाजिक र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको खानेपानी संस्थानले पनि जनाएको छ ।

मन्त्री यादवकै पहलमा केही दिन पहिले ललितपुर जिल्लाको भैसेपाटी स्थित संघीय सरकारका मन्त्री एवम् प्रदेशका मुख्यमन्त्रीहरुका आवास लगायतका ठाउँमा शुद्ध अनि स्वच्छ खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको थियो ।

Related posts

बारामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा सेवानिवृत्त शिक्षकको मृत्यु

MadhesKhabar

पर्साको निर्मलबस्तीबाट सशस्त्र प्रहरीद्धारा १० पोका गाँजा बरामद

MadhesKhabar

मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदाताहरु अन्योलमा

MadhesKhabar

Leave a Comment