Madhes Khabar
समाचार

मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदाताहरु अन्योलमा

मधेशखबर
२८ बैशाख ,२०७९ वीरगंज

स्थानीय तहको निर्वाचनमा मतदान हुन अब ३ दिन मात्रै बाँकी रहेको बेला यसपालि पनि मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै बदर हुन सक्ने आशंका व्यतm गरीदैछ । विभिन्न राजनीतीक दलका उम्मेदवारहरु भने मौन अवधी सुरु हुनु भन्दा पहिलेसम्म मत माग्न मतदाताको घर आँगनमा जाँदा सही ढंगले मत हाल्ने तरीकाबारे सिकाएको भएपनि मतदाताहरु अझ अन्योलमै देखीन्छन् । अधिकाशं मतदातालाई भोट हाल्ने तरीकाबारे अन्योलता तर अहिलेसम्म मत कसरी हाल्ने भन्ने सिकाउने विधीबारे कसैले चासो नराखेको बताएका छन् ।
तर निर्वाचन आयोगले भने बुधबार र विहीबार २ दिन मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भोट हाल्ने तरिका सिकाउने जनाएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन पनि दिएको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई पत्राचार गरेको जनाएको हो ।
तर मतदाताले भने २ दिनको भोट हाल्ने सिकाई पर्याप्त नभएको बताउँछन् । उनीहरुले यसपालि त झन् पाँच दलको गठबन्धन र २ दलको समीकरणका कारण पनि बढी मत बदर हुने हो की भन्ने चिन्ता पनि व्यतm गरेका छन् । त्यसो हुँदा तलमाथि फरक ढंगले मत हाल्नुपर्ने हुनसक्छ । त्यो कुरा मतदातालाई नबुझाएमा झन् बढी मत बदर हुने जोखिम हुन सक्ने बताईएको छ । मत बदर हुन नदिन निर्वाचन आयोगले अघिल्ला निर्वाचनमा मतदाता शिक्षा घरदैलो कार्यक्रम नै चलाएपनि करीब पाँच प्रतिशत मत बदर भएको थियो । पर्साको ग्रामीण भेगका स्थानीयहरु भने झन् अन्योलमा रहेको एक स्थानीय तुलसीराम प्रसाद बताउँछन् ।

प्रत्येक निर्वाचनमा जति मतदाता शिक्षा अभियान संचालन गरेपनि सरदर ५ प्रतीशत मत हुने गरेको सम्बन्धित निकायको भनाई छ ।
यसअघिको २०७४ मा मतदाता शिक्षाको नाममा करीब ७५ करोड खर्च गरीएपनि त्यसैपालि सबैभन्दा धेरै मत बदर भएको आयोगको तथ्यांकले देखाउँछ । त्यसपालि ६० प्रतीशत भन्दा बढी मत खसेपनि करीब ५ प्रतीशत मत बदर भएको आयोगले जनाएको हो । ०७४ मा मात्रै होइन, त्यसअघिका निर्वाचनमा पनि लाखौँ मत बदर भएका थिए ।
यसको मुख्य कारण भनेको प्रभावहीन मतदाता शिक्षा अभियान नै रहेको विश्लेषकहरु बताउँछन् ।
यसपटक पनि आयोगले स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाका लागि २४ करोड विनियोजन गरेको जनाएको छ । मुलुभरका करिब २१ हजार मतदान केन्द्रमा खटिएका मतदाता शिक्षक स्वयंसेवकले मतदान केन्द्रमा आउने मतदातालाई मत हाल्ने तरिका सिकाउने वापत नौ करोड खर्च भएको जनाएको छ । त्यसका साथै त्यस बाहेकका रकम भने टेलिभिजन, रेडियो, पत्रपत्रिका, टेलिफोन र सामाजिक सञ्जालमा खर्च भएको जनाएको हो । हाल टेलिफोनमा कल ‘रिङ टोन’ पनि प्रसारण भएको छ । ‘टिकटक’ र फेसबुकमार्फत पनि मतदाता शिक्षा कार्यक्रम प्रवद्र्धन गरिएको जनाईएको छ ।

मतदान गर्न जाँदा मतदाताले सम्झिनुपर्ने कुरा
मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु पर्नेछ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ । गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिन्हमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरेपछि मतपत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ ।
मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ । मतपत्रको छैठौँ र सातौँ लाइनबाट दुई जना वडासदस्य पदमा निर्वाचित गर्नुपर्नेमा उम्मेदवार भएको वा नभएको चुनाव चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएमा पनि त्यो मत बदर हुन्छ । स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा पनि मत बदर हुन्छ ।
यस्तै, दुईवटा चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा पनि मत बदर हुने आयोगले जनाएको छ ।



Related posts

वीरगन्ज भन्सार गेटमा एकैदिन पोके तस्करहरुबाट ६ लाख बढीको सामान बरामद

MadhesKhabar

पर्साको बनकटवाबाट अवैध सालको काठसहित एक जना पक्राउ

MadhesKhabar

मौन अवधीमा हुन सक्ने चलखेल रोक्न संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय-प्रजिअ दाहाल

MadhesKhabar

Leave a Comment