Madhes Khabar
समाचार

वीरगन्ज भन्सार गेटमा एकैदिन पोके तस्करहरुबाट ६ लाख बढीको सामान बरामद

वीरगन्ज,१६जेष्ठः वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले तस्करीका ६ लाख भन्दाबढी मुल्यको मालसामान बरामद गरेको छ ।

पोके तस्करहरुले भारतबाट राजश्व छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा वीरगन्ज भन्सार गेट अगाडिबाट गत सोमबार एकैदिन सशस्त्र प्रहरीले ६ लाख ६ हजार ६३० रुपैयाँ मुल्यका सामान बरामद गरेको हो ।

पैदल तथा साइकल, मोटरसाइकल लगायतका साधनमा बोकेर रक्सौल तर्फबाट वीरगन्ज प्रवेश गरेका तस्करहरुबाट कपडा, किराना सामान र मोटरपार्टसहरु बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए । तस्करहरु भने सामान छाडेर फरार भएकाले उनिहरुलाई पक्राउ गर्न नसकिएको उनले बताए ।

बरामद ती सामान आवश्यक कारबाहीका लागि बुधबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

 

Related posts

सैनिक कर्मचारीलाई प्रधानसेनापतिको निर्देशन, निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउनू

MadhesKhabar

देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

पर्सामा वन्यजन्तु तस्करी प्रकरण : दुई प्रदेश सांसद सहित ४९ विरुद्ध मुद्दा दायर

MadhesKhabar

Leave a Comment