वीरगन्ज,१६जेष्ठः वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले तस्करीका ६ लाख भन्दाबढी मुल्यको मालसामान बरामद गरेको छ ।
पोके तस्करहरुले भारतबाट राजश्व छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा वीरगन्ज भन्सार गेट अगाडिबाट गत सोमबार एकैदिन सशस्त्र प्रहरीले ६ लाख ६ हजार ६३० रुपैयाँ मुल्यका सामान बरामद गरेको हो ।
पैदल तथा साइकल, मोटरसाइकल लगायतका साधनमा बोकेर रक्सौल तर्फबाट वीरगन्ज प्रवेश गरेका तस्करहरुबाट कपडा, किराना सामान र मोटरपार्टसहरु बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए । तस्करहरु भने सामान छाडेर फरार भएकाले उनिहरुलाई पक्राउ गर्न नसकिएको उनले बताए ।
बरामद ती सामान आवश्यक कारबाहीका लागि बुधबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

