Madhes Khabar
समाचार

पर्साको बनकटवाबाट अवैध सालको काठसहित एक जना पक्राउ

वीरगन्ज, २२ जेष्ठ : पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ गादी बनकटवा टोलबाट सालको गोलीया काठसहित एक जना पक्राउ परेका छन् ।

सब डिभिजन वन कार्यालय रंगपुर टाँडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वनगीती टोलीले बनकटवा टोलबाट सालको काठसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ मलाही टोलका ३४ वर्षिय करिमन मुखिया बिन रहेका छन् ।

प्रदेश नं २– ०३–०१२ प २०२१ नम्बरको मोटरसाइकलमा सालको काठ ओसार्दै गरेको अवस्थामा बिनलाई वनगस्ती टोलीले सोमबार बिहान काठ र मोटरसाइकलसहित पक्राउ गरेको रेन्जर कपिलदेव यादवले जानकारी दिए ।

 

Related posts

वीरगन्जको भेडाहा खाेलाबाट बालुवा तस्करी गर्ने २ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा लागूऔषधसहित बाराका दुई जना पक्राउ

MadhesKhabar

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

MadhesKhabar

Leave a Comment