Madhes Khabar
मधेस प्रदेश समाचार

संघ सरकार विरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी


मधेसखबर
वीरगञ्ज , साउन २२ । मधेश प्रदेश सरकारले संघ सरकार विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ ।

संघ र प्रदेशको आगामी निर्वाचन आगावै प्रहरी प्रशासन प्रदेश सरकार मातहत दिनुपर्ने माग गर्दै मधेश प्रदेश सरकारले प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

संघ सरकारले ७ दिन भित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया सुरु नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी मन्त्री साहले दिएका हुन् ।

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाउन मन्त्री साह सहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा , उद्योग ,वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, लगायत प्रदेश सांसदहरुको पनि उपस्थिति रहेको थियो ।

Related posts

पर्सामा प्रदेश सरकारको ७७ करोड रुपैया फ्रिज

MadhesKhabar

जिसस रौतहटको प्रमुखमा काँग्रेसका यादव विजयी

MadhesKhabar

वीरगन्जको तनावबारे गृहमन्त्रीले भने : समाजमा हिंसा भड्किन नदिन सबै लागौं

MadhesKhabar

Leave a Comment