Madhes Khabar
मधेस प्रदेश

पर्सामा प्रदेश सरकारको ७७ करोड रुपैया फ्रिज

मधेसखबर
वीरगन्ज,०५साउन : मधेस प्रदेश सरकार मातहतका पर्सा स्थित सरकारी कार्यालयहरूले गत आर्थिक वर्ष २०७८÷७९ मा प्राप्त बजेट मध्ये ७७ करोड रुपैयाँ खर्च गर्न नसक्दा फिर्ता भएको छ ।

पर्सामा रहेका प्रदेश सरकार मातहतकाा १३ वटा सरकारी कार्यालयले कुल प्राप्त गरेको विकास बजेट २ अर्ब ८८ करोड ५९ लाख मध्ये २ अर्ब ११ करोड ४९ लाख रुपैयाँ मात्र खर्च गभएको र बाँकी ७७ करोड ९ लाख रुपैयाँ खर्च हुन नसक्दा फिर्ता भएको हो  ।

प्रदेश लेखा इकाइ कार्यालय पर्साको तथ्यांक अनुसार, पूर्वाधार विकास कार्यालय पर्साले १ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ विकास बजेट मध्ये १ अर्ब २९ करोड ६३ लाख खर्च गरेको छ । त्यसैगरी, सहरी विकास तथा भवन कार्यालय पर्साले गत आवमा ५३ करोड ६४ लाखमध्ये ३६ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पर्साले ३३ करोड ७९ लाख बजेटमध्ये आधाभन्दा कम १६ करोड १४ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।सामाजिक विकास इकाइ कार्यालय पर्साले १२ करोड २३ लाख रुपैयाँ विकास बजेटमध्ये ४ करोड २५ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

सहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख रुद्रनारायण दासले आर्थिक वर्षको अन्तिम दिन कार्यालयको कम्प्युटर सिस्टम खराब भएपछि जनता आवास कार्यक्रम अन्तर्गतको बारा र रौतहटको लागि निकासा हुनुपर्ने करिब ६ करोड रुपैयाँ निकासा हुन नसकेको बताए । त्यसबाहेक करिब १३ करोड रुपैयाँ पनि जनता आवास कार्यक्रमकै खर्च हुन नसकेको उनले बताए ।

पछिल्लो केही वर्षयता महँगी बढेपछि जनता आवास कार्यक्रम कार्यान्वयनमै समस्या आएको उनले बताए । कार्यक्रम सुरु गर्दा ५ वर्ष अघिको इस्टिमेटअनुसार भवन निर्माणका लागि बजेट प्राप्त हुने गरेकोमा हाल निर्माण सामग्रीको मूल्य करिब दोब्बरले बढिसक्दा पनि पुरानै लागतअनुसारको बजेट प्राप्त हुने गरेकाले आवास निर्माण गर्न गाह्रो भएको उनले बताए । साभार : कान्तिपुर

Related posts

वकिलहरुलाई कारबाहीको माग गर्दै जनकपुरमा पत्रकारहरूको धर्ना

MadhesKhabar

मधेसमा ६४ वटा सडकको एकसाथ प्रधानमन्त्री ओलीले गरे शिलान्यास

MadhesKhabar

मधेस प्रदेश सरकारमा लोसपा पनि सहभागी हुदै, पर्साका रमेश कुर्मी वनमन्त्री बन्दै

MadhesKhabar

Leave a Comment