Madhes Khabar
मधेस प्रदेश

मधेसमा डीजेलगायतकाे ध्वनि प्रदूषण रोक्न मन्त्री लेखीको निर्देशन

जनकपुर,२०चैत:मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले डीजेलगायतका साउन्ड सिष्टमहरूले फैलाउने ध्वनि प्रदूषण नियन्त्रण गर्न निर्देशन दिएका छन्।

प्रदेश सुरक्षा समन्वय समितिको मंगलबार जनकपुरमा बसेको बैठकमा मन्त्री लेखीले डीजेलगायतका साउन्डबाट पीडित भएको जनगुनासो आएकाले तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

जनताले गरेका गुनासाहरू सुनाँउदै मन्त्री लेखीले ध्वनि प्रदूषनका कारण हृदय रोगीहरूलाई विभिन्न खालका समस्या भएको र एसइईका विद्यार्थीहरूलाई पठन पाठनमा समेत समस्या भइरहेकाले नियन्त्रणका लागि आवश्यक कदम लिन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिए।

बैठकबाट ध्वनि प्रदूषण रोक्नका लागि प्रदेशभरिका जिल्ला प्रशासन कार्यालय, चारवटै सुरक्षा निकाय र प्रदेशभरिका स्थानीय तहलाई पत्र पठाइएको मन्त्री लेखीले बताए। मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने उनको भनाइ छ।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

संघ सरकारविरुद्ध मधेश सरकारको आन्दोलन सुरु

MadhesKhabar

मधेस प्रदेश लागूऔषधको ‘अखाडा’

MadhesKhabar

राैतहटमा छुरा प्रहारबाट एक युवककाे मृत्यु

MadhesKhabar

Leave a Comment