Madhes Khabar
मधेस प्रदेश

जिसस रौतहटको प्रमुखमा काँग्रेसका यादव विजयी

मधेसखबर
वीरगन्ज,१२असार : जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली काँग्रेसका रामअयोध्या राय यादव निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा सत्तागठबन्धनका तर्फबाट साझा उम्मेदवार यादव , जिसस रौतटहको प्रमुखमा निर्वाचित भएका हुन् ।यादवले २६ मत प्राप्त गरेका हुन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेर बहादुर पटेलले भने ५ मत मात्रै पाए ।

जिसस रौतहटको उपप्रमुखमा भने गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार महेश बैठा विजयी भएका छन् । बैठा २६ मत पाएर विजयी हुदा उनका प्रतिस्पर्धी एमालेकी प्रमिला देवले भने ५ मत मात्रै प्राप्त गरिन् ।

यस्तै सदस्यहरुमा मोज्जमिल्ल आलम, अशोककुमार झा, सर्पलाल प्रसाद यादव, कमलाकुमारी ढकाल, इन्दु देवी, विजलिया देवी र किरण देवी साह निर्वाचित भएकी छिन् ।

जिसस रौतहटको निर्वाचनमा गठबन्धनबाट काँग्रेसले प्रमुख सहित ५ पद, नेकपा एसले उपप्रमुख सहित ३ पद र नेकपा माओवादी केन्द्रले १ पदमा जित हासिल गरेका हुन् ।

Related posts

वीरगन्ज कलैया सडकखण्डमा एक युवकको मृत्यु

MadhesKhabar

मधेस सरकारको अर्को भ्रष्टचार : वीरगन्जका पोखरी सौन्दर्यकरणमा करोडौ खर्च तर काम अधुरै

MadhesKhabar

सशस्त्र डिआइजी ठाडा मगरका चार जना घुमुवा विरुद्ध पक्राउ पूर्जी जारी

MadhesKhabar

Leave a Comment