Madhes Khabar
मधेस प्रदेश

सशस्त्र डिआइजी ठाडा मगरका चार जना घुमुवा विरुद्ध पक्राउ पूर्जी जारी

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,१४जेठः
बारामा सशस्त्र प्रहरीको एक जना वरिष्ठ हवलदार सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बारा जिल्ला अदालतले सशस्त्र प्रहरीको बर्दिबास स्थित छिन्नमस्ता बाहिनीका चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढको माग बमोजिम सशस्त्र प्रहरी प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) गणेश ठाडा मगरका घुमुवा सशस्त्र प्रहरी वरिष्ठ हवलदार अशोक साह सोनार, सहायक हवलदार आत्माराम पटेल, सहायक हवलदार रत्नसागर झा र सशस्त्र प्रहरी जवान सुनिल कुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बारा जिल्ला अदालतले जनाएको छ ।
पैसा दिएर भारतबाट हतियार मगाएर दुईजना भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको आरोपमा अनुसन्धान गर्न सशस्त्र प्रहरीको चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बारा जिल्ला अदालतका श्रेस्तेदार नवराज जोशीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले हतियार काण्डमा नाम मुछिएपछी सशस्त्र प्रहरीका चार जनालाई बोलाएर एकपल्ट बयान लिएर हाजिरी जमानतमा छोडिएको बताए । सशस्त्र प्रहरीका चार जना घुमुवाले भारतीय नागरिक लालबाबु कुश्वाहालाई पैसा दिएर हतियार खरिद गराई दुईजना भारतीयलाई नेपाल बोलाएर हतियार सहित पक्राउ गरेको बयानबाट खुलेपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले गएको बैशाख २३ गते भारतको पुर्वी चम्पारणको लौखानका २३ बर्षीय पप्पु कुमार यादव र अखिलेश कुमार सिंहलाई सिम्रौनगढ नगरपालिका–१० बाट बी आर ०१ सी १३६१ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा दुई थान पेस्तोल र चार राउन्ड गोली सहित पक्राउ गरेको थियो । पक्राउ परेका दुबैजना भारतीय युवकलाई सशस्त्र प्रहरीका घुमुवाले हतियार खरिदगर्न पैसा दिएका भारतीय नागरिक लालबाबु कुश्वाहाले दिएको बयानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीका डिआइजी मगरले सशस्त्र प्रहरीका घुमुवा र हतियार सहित पक्राउ परेका भारतीय व्यक्तिहरुको मोबाइल कलको विवरण ननिकाल्न र बयान फेर्न दबाब दिईरहेको स्रोतले दाबी गरेको छ ।

Related posts

मधेसी समाजमा ललित विद्रोहीको विद्रोह

MadhesKhabar

गरुडामा झडप हुदाँ ११ राउन्ड हवाइ फायर, प्रहरी सहित सात जना घाइते

MadhesKhabar

एमाले नेतृलाई कुटपिट गरेकाे आराेपमा पत्रकार महासंघ राैतहटका अध्यक्ष झाविरुद्ध मुद्दा दर्ता

MadhesKhabar

Leave a Comment