Madhes Khabar
मधेस प्रदेश

धनुषा : वाटर पार्कमा विद्यार्थीहरुद्वारा तोडफोड र प्रहरीसंग झडप, १० जना पक्राउ

जनकपुरधाम,३जेठःधनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयास्थित वाटरल्याण्ड पार्कमा नुहाउन गएका विद्यार्थीहरु तोडफोडमा उत्रेपछि झडप भएको छ ।

वाटरल्याण्डमा विद्यार्थीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले रोक्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरी निरीक्षक सञ्जीव यादवका अनुसार,झडपमा ५ जना प्रहरीपनि घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्याँस हानेको छ ।

‘वाटरल्याण्ड पार्कमा कक्षा १२ का विद्यार्थीलाई राखेर एउटा कार्यक्रम आयोजना गरिएको थियो,’ उनले भने, ‘त्यहाँ नुहाउन ९ सय रुपैयाँ शुल्क लाग्छ । तर आजका लागि कार्यक्रम आयोजकले १ सय मात्र शुल्क लिने अफर दियो । त्यहाँ एक हजार विद्यार्थीलाई बोलाइएकोमा ३/४ हजार विद्यार्थी पुगे । नुहाउन मारामार भएपछि विद्यार्थीहरु तोडफोडमा उत्रिए।’

प्रहरी निरीक्षक यादवले तोडफोडमा संलग्न १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार तोडफोडबाट पार्कमा भएको क्षतिको विवरण आउन सकेको छैन ।

Related posts

सार्वजनिक शाैचालयकाे सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु

MadhesKhabar

मधेस प्रदेशमा भाेलि सार्वजनिक बिदा

MadhesKhabar

सर्लाहीमा विद्यालयबाटै लागूऔषधसहित शिक्षक पक्राउ

MadhesKhabar

Leave a Comment