Madhes Khabar
मधेस प्रदेश हेडलाइन

लालबाबु नेतृत्वको प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड अनियमितता गरेको पटेलकाे आराेप

वीरगन्ज,१७जेष्ठ : पर्साका प्रदेश सांसद श्याम पटेलले यसअघिकाे लालबाबु राउत नेतृत्वको मधेस प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड रुपैयाँ अनियमितता गरेको आरोप लगाएका छन् ।

बुधबार मधेस प्रदेशको बैठकमा बोल्दै प्रदेश सांसद पटेलले अघिल्लो मधेस प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड अनुदान दिएपनि प्राधिकरण गठन नै नगरी रकम खर्च भएकाे भनेर दुरुपयाे गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘अघिल्लो मधेस प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणलाई २५ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । तर, मैले सुने अनुसार प्राधिकरण गठन नभएपनि अनुदानमा गएको २५ करोड रुपैयाँ खर्च भएको छ । कुन माध्यम र कुन कारणले, के प्रभावमा त्यो २०/२५ करोड रुपैयाँ खर्च भयो ? म मधेस सरकारसँग त्यसको बारेमा जानकारी गराउन माग गर्दछु ।’

प्रदेश सरकारले कृषकहरुको लागि मल खादको समस्या समाधान गर्ने भनेपनि मलको अभाव निरन्तर नै रहेको बताउँदै पटेलले दु:ख व्यक्त गरे । ‘धन खेतीको सुरुवात हुन् लागिसक्यो, किसान साथीहरुले बिउ रोप्न सुरु गरिसक्नु भयो । तर, खादको अभाव छदैछ,’ उनले भने, ‘संघ र प्रदेश सरकारले यसपटक मलखादको अभाव नहुने बताएको छ । तर, अभाव निरन्तर छ । अहिलेसम्म समस्या समाधान गर्न तर्फ मधेस सरकार लागेको जस्तो मलाइ लाग्दैन ।’

मधेसलाई आर्थिक रुपले सम्पन्न गर्न कृषिमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिँदै उनले छिटोभन्दा छिटो मलखादको व्यवस्थापन गर्न माग गरे ।

उनले संघ सरकारले बजेट घोषणामार्फत नेपालमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न गरेकाे निर्णय स्वागतग्योग्य भएको बताए । मधेस प्रदेशको प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षक भर्ना गर्दै कम्प्युटर कक्षा सञ्चालन गर्न पनि उनले माग गरे । ‘जबसम्म कम्प्युटरको माध्यमले प्राविधिक शिक्षाको ज्ञान हुँदैन, हाम्रो ज्ञान अधुरो रहन्छ,’ उनले भने ।

वीरगन्जस्थति सिर्सिया नदीको दूषित पानी बोकेर ११ दिन पैदल यात्रा गरेर काठमाडौँमा पुगेर धर्ना गरिरहेका अभियन्ताहरुका बारेमा पनि उनले संसद्लाई जानकारी गराए । त्यस्तै मधेस सरकारले स्थानीय तहलाई वितरण गरेको सशर्त अनुदानको विषयमा लागेको आरोपका बारेमा छानविन गर्न उनले एउटा कमिटि गठन गर्न पनि उनले माग गरे ।

उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा नेपाल सरकार र राष्ट्रपतिलाई धन्यवाद पनि दिए ।

Related posts

फेसबुकमा भाइरल नेशनल मेडिकल कलेजको भिडियो प्रकरण के हो ? … (भिडियोसहित)

MadhesKhabar

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा हातहतियार बुझाउन आग्रह

MadhesKhabar

श्रोत नखुलेको साढे २२ लाख रुपैया सहित दुइ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment