Madhes Khabar
राजनीति हेडलाइन

प्रधानमन्त्रीलाई सांसद यादवको प्रश्न : के सरकारले मधेसलाई मरुभूमी बनाउन खोजेको हो ?

वीरगन्ज, १४ जेष्ठ : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले ढुङ्गा गिट्टीको निकासी खोलेर सरकारले मधेसलाई मरुभूमी बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधीसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग प्रश्न गर्दै जसपाका प्रमुख सचेतक समेत रहेका यादवले भने,‘ नीति तथा कार्यत्रलममा एकतातिर ढुड्गा खानीको संरक्षण गर्ने उल्लेखछ । अर्को तिर बालुवा , ढुङ्गा गिट्टीको निकासी गर्ने उल्लेख । निकासीको तौरतरिका (विधी र मापदण्डं) के हो ? कँहि ढुङगा गिट्टीको निकासी गरेर मधेसलाई मरुभूमी बनाउनने सरकारको प्लान त होइन ? यसबारे सरकारले स्पष्ट पार्नुपर्छ ।’

पुर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले बाराको निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माण बारेपनि प्रधानमन्त्री प्रचण्डसंग प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै यादवले सोधे ,‘ निजगढ विमानस्थल निर्माण हुन्छ कि हुदैन ? निर्माण हुन्छ भने त्यसकालागि पैसाको सुनिश्चितता सरकारसंग छ कि छैन? अर्को कुरा टाँगीयावस्तिमा ५ सय हेक्टर जग्गा कब्जा गरि वस्ती बसाइएको छ , सरकारले त्यो हटाउछ कि हटाउदैन ?। यसबारे पनि सरकारको जवाफ उनले मागे ।

 

Related posts

नारायणी अस्पतालमा ५ बर्षदेखि भवन नबनेपछि डाक्टर र नर्सहरुले अवरुद्ध पारे त्रिभुवन राजपथ

MadhesKhabar

कांग्रेस छाडेर फेरि राप्रपामै फर्किए सर्राफ

MadhesKhabar

मेराे अभिव्यक्तिले यदि कसैलाई चाेट पुगेकाे छ भने क्षमा माग्छु : कांग्रेस सभापति क्षेत्री

MadhesKhabar

Leave a Comment