Madhes Khabar
मधेस प्रदेश

मधेसका मुख्यमन्त्री सिंहले असार २१ मा विश्वासकाे मत लिने

जनकपुर,१४असार:मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले असार २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ।

तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंह बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए। प्रदेश प्रमुख सुमित्रा भण्डारीले जेठ २५ गते जनमत पार्टीको तर्फबाट सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रदेश प्रमुखको कार्यालयमा बहुमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए ।

Related posts

मधेसका किसानलाई निःशुल्क सिँचाइ मिटर उपलब्ध गराउने प्रदेश सरकारको तयारी

MadhesKhabar

प्रदेशको ब्रान्ड ‘रुख’ घोषणा गर्दै मधेस सरकार

MadhesKhabar

सर्लाहीकाे बरहथवामा प्रहरी चलाएकाे गाेली लागेर एक प्रदर्शनकारीकाे मृत्यु

MadhesKhabar

Leave a Comment