Madhes Khabar
मधेस प्रदेश

वीरगन्ज कलैया सडकखण्डमा एक युवकको मृत्यु

फाइल तस्वीर

क्रान्ति शाह
वीरगन्ज, २० बैशाख :
वीरगन्ज कलैया सडकखण्डको सिसहनिया चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ सिसहनिया चोकमा सोमबार राति पौने १० बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको हो ।
सवारीसधानको ठक्कर पछि सडकमै घाइते अवस्थामा भेटिएका ती युवकलाइ उपचारका लागि कलैया स्थित प्रादेशीक अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक अन्दाजी २०÷२२ वर्षको रहेपनि उनको परिचय नखुलेको र शव कलैया स्थित प्रादेशीक अस्पतालमा राखिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
ठक्कर दिने सवारीसाधन फरार रहेको भन्दै थापाले उक्त सवारीसाधनको पहिचान गरि खोजी गर्ने काम भइरहेको बताए ।

Related posts

मधेस सरकारकाे अनियमित रकमान्तरको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन

MadhesKhabar

राैतहटका पत्रकार प्रजापतिकाे झुन्डिएर मृत्यु,मेयरकाे धम्कीपछि तनावमा थिए

MadhesKhabar

गरुडामा झडप हुदाँ ११ राउन्ड हवाइ फायर, प्रहरी सहित सात जना घाइते

MadhesKhabar

Leave a Comment