Madhes Khabar
मधेस प्रदेश

वीरगन्ज कलैया सडकखण्डमा एक युवकको मृत्यु

फाइल तस्वीर

क्रान्ति शाह
वीरगन्ज, २० बैशाख :
वीरगन्ज कलैया सडकखण्डको सिसहनिया चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ सिसहनिया चोकमा सोमबार राति पौने १० बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको हो ।
सवारीसधानको ठक्कर पछि सडकमै घाइते अवस्थामा भेटिएका ती युवकलाइ उपचारका लागि कलैया स्थित प्रादेशीक अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक अन्दाजी २०÷२२ वर्षको रहेपनि उनको परिचय नखुलेको र शव कलैया स्थित प्रादेशीक अस्पतालमा राखिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
ठक्कर दिने सवारीसाधन फरार रहेको भन्दै थापाले उक्त सवारीसाधनको पहिचान गरि खोजी गर्ने काम भइरहेको बताए ।

Related posts

पर्सामा २१ वर्षिय युवा पालिका प्रमुखमा निर्वाचित

MadhesKhabar

घरेलु मदिरा सेवनका कारण मधेसका हरेक दलित बस्तीमा प्यारालाइसिसका बिरामी

MadhesKhabar

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

MadhesKhabar

Leave a Comment