Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा एक बोरा धानका लागि वृद्धाको हत्या

सर्लाही,२२चैत : एक बोरा धानका लागि सर्लाहीको बागमती नगरपालिकामा एक वृद्धाको हत्या भएको छ।

बागमती नगरपालिका-४ स्थित जिरायतमा बौधी महतोकी पत्नी ७० बर्षीया पार्वती देवीको हत्या भएको अवस्थामा आफ्नै घरमा शव फेला परेको थियो। घटनाका विषयमा जानकारी पाए लगतै सर्लाहीका प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी घटनास्थल पुगेका थिए।

अनुसन्धानका क्रममा प्रहरीले बुधबार बिहान घटनास्थल नजिकैबाट रौतहटको बृन्दावन नगरपालिका-५, नरकटिया घर भई बागमती आसपासमा काम गरेर बसेका अन्दाजी ३९ वर्षका प्रमोद झा भनिने प्रमोद चौधरीलाई पक्राउ गरेको थियो। घटनास्थलबाट एक बोरा धान हराएको र धान पोख्दै लगेको देखिएपछि प्रहरीले पछ्याएको थियो।

त्यस क्रममा घटनास्थलबाट चौधरीले लगेको धान गाउँ नजिकै बेच्न खोजेको समेत सीसीटीभीमा देखिएको प्रहरीले जनाएको छ। सोही आधारमा पक्राउ गरिएको चौधरीले धान लुट्न लागेका बेला वृद्धाले प्रतिकार गर्न खोज्दा नजिकै रहेको चिर्पट प्रहार भएको ज्ञवालीले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट वृद्धाको टाउकोमा प्रहार गरेको चिर्पट बरामद गरेको थियो। चौधरीले पोख्दै लगेको धान समेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

स्वतन्त्रबाट चुनाव जितेका पर्साका प्रदेश सांसद जयसवाल एमाले प्रवेश गरेर मन्त्री पड्काउन सफल

MadhesKhabar

मधेस : एमालेका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

वकिलहरूले पत्रकारहरुलाई कुटे ,पत्रकार महासंघ मधेसका अध्यक्ष बन्जारासहित ४ जना घाइते

MadhesKhabar

Leave a Comment