Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेश सांसदको शपथ पुस १५ गते

वीरगन्ज ,११पुस: मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ ।

सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो ।

पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यले गराउने कानुनी व्यवस्था छ ।

सचिव यादवका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन् ।

मधेस प्रदेशमा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरि कुल १०७ प्रदेश सांसद छन्।

Related posts

मधेस आन्दोलनकै कारण मधेसीले नेपाली नागरिकको सम्मान पाएका हुन् : उपेन्द्र

MadhesKhabar

जग्गा माग्दै सुकुम्बासीद्धारा सडकमै सुतेर प्रदर्शन

MadhesKhabar

सर्लाहीको लखनदेई पुलमुनि भेटियो एक युवकको टाउको

MadhesKhabar

Leave a Comment