Madhes Khabar
मधेस प्रदेश

सर्लाही २ : राजेन्द्र महत्ताेलाई हराउदै महिन्द्र राय यादव विजयी

मधेसखबर
वीरगन्ज ,१० मंसिर : सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए ।

यसअघि २०७४ सालकाे निर्वाचनमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए । महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्ता गठबन्धनले यादवलाई साथ दिएको थियो ।

Related posts

बसले अटाेलाई ठक्कर दिदाँ ४ जनाकाे घटनास्थलमै मृत्यु

MadhesKhabar

रौतहटमा गाँजा सेवनका क्रममा विवाद हुदाँ छुरा प्रहार गरी युवकको हत्या

MadhesKhabar

जग्गा माग्दै सुकुम्बासीद्धारा सडकमै सुतेर प्रदर्शन

MadhesKhabar

Leave a Comment