Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस प्रदेश सरकारमा कांग्रेस ‘इन’ , माओवादी ‘आउट’

वीरगन्ज, ९ जेष्ठ : नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारबाट पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने नेकपा माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको हो ।

मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरत कुमार साहले जानकारी दिए ।

मन्त्रालय भागबण्डाका लागि बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।

मुख्यमन्त्री यादवले मंगलबार कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।यसैगरी एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् । तर उनको मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

Related posts

देशभरमै सबै भन्दा बढि विधुत चुहावट मधेसमा

MadhesKhabar

गौर हत्या काण्डको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालतमा जाने प्रभु साहको चेतावनी

MadhesKhabar

बालबालिकालाई निशुल्क ट्युसन पढाउने संस्थालाई उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

Leave a Comment