Madhes Khabar
शिक्षा हेडलाइन

पर्सा : विद्यालयमा विद्युतको लाइन नहुदाँ पठनपाठन प्रभावित

प्रमोद यादव
पर्सा,५जेठःपर्साको पटेर्वासुगौली गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौलीदापमा विगत डेढ महीनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा पठनपाठनमा गम्भीर असर परेको छ । विद्युत् लाइन नहुँदा कक्षाकोठाहरूमा पंखा नचल्दा बढ्दो गर्मीमा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएके हो । यसैगरी, विद्युत् अभावमा कम्प्युटर ल्याबपनि बन्द रहँदा कम्प्युटर विषयको प्रयोगात्मक कक्षापनि प्रभावित भएको छ ।

विद्यालय भवन जस्तापाताले छाएको हुँदा प्रचण्ड घाममा जस्तापाता तातिएर कक्षाकोठा भट्टी जस्तै बन्ने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् । भट्टीजस्तो कक्षाकोठामा अध्ययन गर्दा गर्मी र पसिनाले विद्यार्थीहरूको छाला चिलाउने, घमौरा आउनेलगायतका अन्य स्वास्थ्य समस्याहरू देखा पर्न थालेका छन् । यसले नियमित पढाइमा बाधा पुग्नुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा पनि असर परिरहेको शिक्षकहरू बताउँछन् ।

विद्यालयमा १५–२० वटा कम्प्युटर भएको कम्प्युटर प्रयोगशाला भएपनि विद्युत् नहुँदा विद्यार्थीहरू कम्प्युटर विषयको प्रयोगात्मक शिक्षाबाट वञ्चित छन् । प्रविधिमैत्री शिक्षाको आवश्यकता बढिरहेको अवस्थामा विद्युतीय माध्यमबाट पठनपाठन गराउने विद्यालयको प्रयास पनि ठप्प भएको छ ।

विद्यालय प्रशासनका अनुसार विद्युत् महसूलबापत पाँच लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेकोले उक्त विद्यालयको विद्युतको लाइन विद्युत प्राधिकरणले काटि दिएको हो । यस सम्बन्धमा विद्यालय व्यवस्थापन समितिले पटेर्वासुगौली गाउँपालिकालाई विद्युत् महसूल तिर्न र विद्युत् सेवा पुनः सुचारु गराउन अनुरोध गरेको छ ।

Related posts

शिक्षामा वीरगन्ज–३० का वडाध्यक्ष यादवको नजर : एसईई उत्तीर्ण किशोरीहरुलाई बाँडे कम्प्युटर

MadhesKhabar

बालबालिकालाई निशुल्क ट्युसन पढाउने संस्थालाई उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

MadhesKhabar

Leave a Comment