Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसमा मिटरव्याजी विरुद्ध १८ हजार भन्दा बढी उजुरी, पर्सामा १३ सय २१

काठमाडौं ,२७जेष्ठ ;मधेस प्रदेशका आठ जिल्लामा मात्रै मिटरव्याजीविरुद्ध १८ हजारभन्दा बढी उजुरी परेका छन्। गत वैशाख १७ गते मन्त्रिपरिषद् बैठकले गठन गरेको जाँचबुझ आयोगमा जेठ २६ गतेसम्म १८ हजार ७१ उजुरी परेको हो।

तीमध्ये १३९ उजुरीमाथि छलफल भइरहेको र १२६ मुद्दामा मिलापत्र भएको आयोगले जनाएको छ। त्यस्तै दुई उजुरीमाथि मुद्दा दायर भएको छ।

आयोगका अनुसार सबैभन्दा बढी बाराबाट ३ हजार ३२२ उजुरी परेका छन्। तीमध्ये १० उजुरीमाथि छलफल भई मिलापत्र गरिएको जाँझबुझ आयोगले जनाएको छ।

त्यस्तै पर्सामा १ हजार ३२१ उजुरी दर्ता हुँदा १४ उजुरीमा छलफल भइरहेको छ भने रौतहटमा २ हजार ५८ उजुरी परेको आयोगले जनाएको छ।

त्यस्तै सर्लाहीमा १ हजार ९२० उजुरी पर्दा ५६ माथि छलफल भइरहेको र एकमा मिलापत्र गरिएको छ। महोत्तरीमा भने २ हजार ३३६ उजुरी परेको र १८ मा मिलापत्र गरिएको आयोगले जनाएको छ। महोत्तरीमा मिटरव्याजीविरुद्धका ५ उजुरीमाथि छलफल भइरहेको छ।

त्यस्तै धनुषामा २ हजार ६१५ उजुरी पर्दा १४ माथि छलफल भइरहेको, १० उजुरीमा मिलापत्र गरिएको र एकमा उजुरी दर्ता भएको आयोगले जनाएको छ।

त्यस्तै सिरहामा २ हजार ९२० उजुरी परेको छ। त्यसमा ४५ उजुरीमाथि छलफल भइरहेको र ८१ वटामा मिलापत्र गराइएको आयोगले जनाएको छ।

त्यस्तै सप्तरीमा १ हजार ५७९ उजुरी परेको र ५ मा छलफल र ६ मा मिलापत्र गराइएको छ। एउटा उजुरीमाथि भने मुद्दा दायर गरिएको आयोगले जनाएको छ। साभार:अन्नपूर्णपाेष्ट

Related posts

पोखरिया गोल्डकप फुटबलको उपाधि वीरगन्जले जित्यो

MadhesKhabar

गहवामाई रथ यात्राका दिन वीरगन्जका सबै विद्यालयहरुमा विदा दिने महानगरकाे निर्णय

MadhesKhabar

सिम्रौनगढमा हावाहुरी र असिनापानीले नष्ट पारेको बालीको क्षतिपुर्ती नपाएपछि किसानहरु आन्दोलित

MadhesKhabar

Leave a Comment