Madhes Khabar
मधेस प्रदेश

पर्सामा रहेका प्रदेश सरकार मातहतका कार्यालयहरुको विकास बजेट खर्च ४० प्रतिशत मात्रै

वीरगन्ज, २८ जेष्ठ : आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा पर्सामा रहेका मधेस प्रदेश सरकार मातहतका विकास निर्माणसँग सरोकार राख्ने सरकारी कार्यालयहरुले ४० प्रतिशत मात्र विकास बजेट खर्च गर्न सकेका छन् ।

प्रदेश लेखा इकाइ कार्यालय पर्साको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा पर्सा जिल्लास्थित मधेस प्रदेश मातहतका सरकारी कार्यालहरुको विकास बजेट ३ अर्ब ७५ करोड ५० लाख ५२ हजार रुपैयाँ रहेकोमा आइतबारसम्ममा जम्मा १ अर्ब ५१ करोड १६ लाख ५९ हजार ६ सय ४८ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।

मन्त्रालयगत रुपमा हेर्दा अर्थ मन्त्रालय मातहतका कार्यालयले १९ लाख ५० हजार रुपैयाँ बजेटमध्ये १८ लाख १७ हजार ६ सय ४५ रुपैयाँ खर्च गरेका छन् । उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गतका कार्यालयको विकास बजेट २७ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेकोमा ७ करोड ३४ लाख ६३ हजार ९७ रुपैयाँ ६२ पैसा मात्र खर्च भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालयहरुको विकास बजेट ८ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेकोमा ३ करोड २६ लाख ७७ हजार ७ सय ८ रुपैयाँ ६१ पैसा मात्र खर्च हुन सकेको छ । सबै भन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरुको विकास बजेट ३ अर्ब ३ करोड ६२ लाख ८३ हजार रुपैयाँमध्ये १ अर्ब २३ करोड ५७ लाख ६५ हजार २ सय ८ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।

शिक्षा तथा समाज कल्याण मन्त्रालय मातहतका कार्यालयहरुको वार्षिक विकास बजेट ३५ करोड ८६ लाख ६० हजार रुपैयाँ रहेकोमा १६ करोड ७९ लाख ३५ हजार ९ सय ८९ रुपैयाँ मात्र खर्च भएको छ । १ अर्ब ५६ करोड ६६ लाख २० हजार रुपैयाँ विकास बजेट रहेको पूर्वाधार विकास कार्यालय पर्साले ५४ करोड ८ लाख ४८ हजार ७ सय ९ रुपैयाँ ५० रुपैयाँ मात्र खर्च गरेको छ ।

१ अर्ब १ करोड ७९ लाख ५७ हजार रुपैयाँ बजेट रहेको शहरी विकास तथा भवन कार्यालय पर्साले हालसम्म ४३ करोड १८ लाख ७७ हजार ६ सय ४७ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । २५ करोड ३९ लाख ८० हजार रुपैयाँ विकास बजेट रहेको जलश्रोत तथा सिँचाई विकास डिभिजन पर्साले १० करोड ७८ लाख ६३ हजार ९ सय ४९ रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

१९ करोड ५८ लाख ४७ हजार रुपैयाँ बजेट रहेको भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन पर्साले हालसम्म जम्मा १५ करोड ४२ लाख ८ हजार ६ सय ८६ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । सामाजिक विकास इकाइ कार्यालय पर्साले ३४ करोड ९५ लाख रुपैयाँ बजेटमध्ये १६ करोड ७८ लाख ७१ हजार ७ सय ५९ रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

प्रदेश लेखा इकाइ कार्यालय पर्साका प्रमुख श्यामउदय ठाकुरले मधेस प्रदेश सरकार मातहतका कार्यालयहरुले विकास बजेट खर्च गर्न नसक्नुको प्रमुख कारण जिल्लाले पाउने सशर्त बजेट ढिलो गरी आउनु रहेको बताए । ‘यस वर्ष १ महिनाअघि मात्रै सशर्त बजेट जिल्लामा आइपुगेको हो,’ उनले भने । यस बाहेक कतिपय विकास निर्माणका काम चालु अवस्था रहेकाले पनि बजेट कम खर्च भएको देखिएको उनले बताए । आर्थिक वर्ष सम्पन्न हुनुअघि हालको भन्दा बढी विकास बजेट खर्च भइसक्ने पनि उनले दाबी गरे । साभार : इकान्तिपुर

Related posts

‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत २० हजारभन्दा बढी छोरीको बिमा अन्योलमा

MadhesKhabar

काठमाडौं महानगरको मेयरमा बालेन साह जित उन्मुख हुँदा पुर्ख्यौली गाउँमा खुसीयाली

MadhesKhabar

मधेस सरकारबाट एमालेपनि बाहिरियाे, अब ढल्ने भयाे जसपा नेपालकाे सरकार

MadhesKhabar

Leave a Comment