जनकपुरधाम,३०बैशाख:नेकपा एमालेले पनि मधेस सरकारबाट राजीनामा दिएको छ ।
एमालेबाट मधेस सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेस सरकारबाट राजीनामा दिइसकेका छन् ।
एमाले र माओेवादी दुवै सरकारबाट बाहिरिएपछि जसपा नेपालका यादव नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ।

