Madhes Khabar
मधेस प्रदेश

धनुषाको जिल्ला समन्वय समितिमा कांग्रेसको प्यानल निर्विरोध चयन

मधेसखबर
वीरगन्ज,२६जेठः धनुषाको जिल्ला समन्वय समिति जिससमा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ ।
जिसस धनुषाको सभापतिमा काँग्रेसका राजनन्द मण्डल राज र उपसभापतिमा पनि काँग्रेसकै संगीता देवी ठाकुर निर्विरोध निर्वाचित भएका हुन् ।
जिसस सभापति, उपसभापति सहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेकाले सबै जना निर्विरोध भएका हुन् ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिससको सदस्यहरूमा पनि काँग्रेसकै ईश्वरीप्रसाद शर्मा, डम्बर बहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका हुन् ।

Related posts

गढीमाईमा स्यालको टोकाईबाट एक दर्जन मानिस घाइते

MadhesKhabar

मधेसी महिलालाई नेतृत्वमा पुग्न सकस

MadhesKhabar

रौतहटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

MadhesKhabar

Leave a Comment