Madhes Khabar
मधेस प्रदेश

गढीमाई नगरपालिकाको बजेट ५५ करोड

रौतहट,८असार :रौतहटको गढीमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५५ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। पालिकाको सभा कक्षमा शनिबार आयोजित १२ औं नगर अधिवेशनमा मेयर श्यामप्रसाद यादवले आगामी आर्थिक वर्षका लागि ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरे ।

ज्समा पुँजीगत बजेट १९ करोड १५ लाख ४९ हजार र चालुतर्फ ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैयाँ रहेको छ । यस्तै आगाममी आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाको आन्तरिक आय तर्फ २ करोड, आन्तरिक राजस्व बाँडफाँट २ करोड, संघीय सरकारको समानीकरण अनुदानतर्फ ११ करोड २१ लाख, संघीय सरकारको सशर्त अनुदानतर्फ २५ करोड ५७ लाख, संघीय सरकारको राजस्व बाँडफाँटतर्फ १० करोड ८७ लाख ६५ हजार १०८, मधेस प्रदेश सरकारको समानीकरण अनुदानतर्फ ७७ लाख ४९ हजार, मधेस प्रदेश सरकारको विशेष अनुदानतर्फ ३० लाख, मधेस प्रदेश सरकारको समपूरक अनुदानतर्फ २० लाख, मधेस प्रदेश सरकारको राजस्व बाँडफाँटतर्फ ६३ लाख ५८ हजार, मधेस प्रदेश सरकारको सशर्त अनुदानतर्फ ९५ लाख, सडक बोर्ड नेपालबाट ४० लाख रुपैयाँ बजेटको स्रोत रहेको मेयर यादवले नगरसभा मार्फत सार्वजनिक गरे ।

पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका साथै धार्मिक र सांस्कृतिक पर्यटनलाई समेत बजेट मार्फत मुख्य प्राथमिकतामा राखेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले जानकारी दिए ।

नगरको समग्र विकासका लागि नगरप्रमुख देखि सबै कार्यपालिका सदस्यहरु एकजुट रहेको बताउँदै मेयर यादवले गढिमाईको विकासका लागि अन्यत्रबाट समेत बजेट ल्याएर समुन्नत नगर बनाउने पालिकाको अभियान रहेको बताए ।

 

Related posts

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको रोक

MadhesKhabar

मधेसमा उपेन्द्र यादव र प्रचण्डकाे अभद्र पाेष्टर टाँस्ने दुईजना जनकपुरबाट पक्राउ

MadhesKhabar

पर्सा ४ (ख ) को प्रदेशसभा सदस्यमा दोहोरिए कलवार

MadhesKhabar

Leave a Comment