Madhes Khabar
मधेस प्रदेश

मधेसमा उपेन्द्र यादव र प्रचण्डकाे अभद्र पाेष्टर टाँस्ने दुईजना जनकपुरबाट पक्राउ

सांकेतिक तस्बिर।

जनकपुर,१चैत:मधेस प्रदेशका विभिन्न जिल्लामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अभद्र पोस्टर टाँसेर भ्रम फैलाएकाे आराेपमा जनकपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड र जसपाका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवको पर्चा, पम्पलेट टाँसेर चरित्र मानमर्दन गरेकाे आराेपमा प्रहरीले पंकज झा र मनीष पूर्वेलाई जनकपुरबाट पक्राउ गरेको हो ।

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले पक्राउ परेका दुवैमाथि अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको बताए । उनीहरु राष्ट्रिय एकता अभियानको कार्यकर्ता रहेको प्रहरी स्रोतको भनाइ छ ।साभार:ईकान्तिपुर

Related posts

राैतहटमा ९१ केजी गाँजा सहित भारतीय बाेलेराे बरामद

MadhesKhabar

मधेस प्रदेश सरकारको आधा बजेट फ्रिज

MadhesKhabar

ट्रकको ठक्करबाट एक जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment