Madhes Khabar
मधेस प्रदेश

जनकपुरमा सहकारीका कर्मचारीबाट पेस्तोल देखाएर लुटियो ८० लाख रुपैयाँ

सहकारीका कर्मचारी वीरेन्द्र कुमार महत्तो/अनलाइनखबर

जनकपुरधाम,२४बैशाखःजनकपुरमा सोमबार दिउँसै हतियारधारी समुहले सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको छ ।धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ मा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार भई आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ थुमौनाबाट आफ्नो साथमा भएको रकम लुटेर भागेको महतोले बताएका छन् ।

जनकपुरको हिमालयन बैंकबाट रकम झिकेर सबैलामा रहेको सहकारीतर्फ जाँदै गरेका बेला महतोको साथबाट रकम लुटिएको र उक्त घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

साभार : अनलाइनखबरबाट

Related posts

मधेस:भारतीय बालकलाई अपहरण गरि बन्धक बनाउने ३ जना हतियारसहित पक्राउ

MadhesKhabar

मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

MadhesKhabar

राैतहटमा बस दुर्घटना : एक युवतीको मृत्युु , ८ जना घाइते

MadhesKhabar

Leave a Comment