Madhes Khabar
मधेस प्रदेश

सिरोहियालाई पक्राउ गरिएको विरोधमा जनकपुरमा प्रदर्शन

जनकपुर,९जेष्ठःकान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा बुधबार प्रदर्शन भएको छ ।जनकपुर नागरिक समाजको ब्यानरमा गरिएको प्रदर्शनमा सहभागीहरुले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ लगायतका नारा लगाएका थिए ।

उनिहरुले जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध पार्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भने,‘ आज हामीले सांकेतिक विरोध गरेका हौं । यदि राज्यले गरेको ज्यादति सच्याएन भने भोलि योभन्दा पनि ठूला संस्थागत निर्णय लिएर विरोध प्रदर्शनमा हामी जान्छौं’,।

यस्तै धनुषा जिल्ला अदालत परिसर बाहिर पनि नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका साथै उद्योगी व्यवसायीले नाराबाजी गरेका छन् ।नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई प्रहरीले बयान र समय थपका लागि धनुषा अदालतमा पेस गरेको छ ।

Related posts

वीरगन्जका १६ मध्ये १० वटा वडामा नयाँ अनुहार , ६ जना भने पुरानै दोहोरिए

MadhesKhabar

रौतहटमा टाटा सुमो र मोटरसाइकल ठोक्किदाँ २ जनाको मृत्यु

MadhesKhabar

मधेस सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमकाे साइकल खरिदमा भ्रष्टाचार ठहर

MadhesKhabar

Leave a Comment