Madhes Khabar
मधेस प्रदेश हेडलाइन

सरकार बनेको तीन महिनाभित्र नागरिकता बारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

मधेसखबर
वीरगन्ज,१६ मंसिर : नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।

शुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका महासेठले , ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं । मधेश प्रदेशमा त गर्छौंगर्छौं ।’

धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित महासेठले नागरिकताबारे निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।नागरिकता नपाएर करिब ६÷७ लाख जना पढ्न र जागिर खानबाट बन्चित भएको भन्दै उनले उनीहरुले अविलम्ब नागरिकता पाउनुपर्ने बताए ।साभार : अनलाइनखबर

Related posts

पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन

MadhesKhabar

जेनजी पुस्तालाई साथ दिने भन्दै वीरगन्ज–२० का वडाध्यक्ष परागले छाडे एमाले

MadhesKhabar

भूमि आयोगद्धारा भुमीहिनका लागि पर्सागढीबाट नाप नक्सा कार्यको शुरुवात

MadhesKhabar

Leave a Comment