Madhes Khabar
मधेस प्रदेश

रक्सीले मातेका प्रहरीले सडकमै ताण्डव देखाउदै सवारी चेक गर्न थालेपछि

रक्सीले मातेका प्रहरी जवान सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर सवारी चेक गर्दै ।

जनकपुरधाम,२६फागुन: सप्तरीको राजविराजमा एक प्रहरी जवानले दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले* रक्सी सेवन गरी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि हंगामा गरेका हुन् । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नशामा लठ्ठ उनी सर्ट फुकालेर अर्धनग्न छन्, स्थानीयसँग वादविवाद गरिरहेका छन् । हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको प्रष्टै देखिन्छ । स्थानीयका अनुसार आज साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए ।

त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए। त्यसपछि उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको देखिन्छ । उनको यो चाला हेर्न भीडै लागेको थियो ।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गर्ने तयारी गरेको छ । सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गर्न लागेको बताए ।साभार:अनलाइनखबर

Related posts

मिटरब्याजीबाट पिडितहरुकाे आन्दोलनमा मधेसका मुख्यमन्त्री यादवकाे समर्थन

MadhesKhabar

मुख्यमन्त्री यादवकाे विराेधमा फेसबुक स्टाटस लेख्ने डाक्टर पक्राउ

MadhesKhabar

सर्लाहीमा बाँस लाेड गरिएको ट्याक्टर पल्टिँदा दुई जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment