Madhes Khabar
मधेस प्रदेश

रक्सीले मातेका प्रहरीले सडकमै ताण्डव देखाउदै सवारी चेक गर्न थालेपछि

रक्सीले मातेका प्रहरी जवान सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर सवारी चेक गर्दै ।

जनकपुरधाम,२६फागुन: सप्तरीको राजविराजमा एक प्रहरी जवानले दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले* रक्सी सेवन गरी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि हंगामा गरेका हुन् । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नशामा लठ्ठ उनी सर्ट फुकालेर अर्धनग्न छन्, स्थानीयसँग वादविवाद गरिरहेका छन् । हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको प्रष्टै देखिन्छ । स्थानीयका अनुसार आज साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए ।

त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए। त्यसपछि उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको देखिन्छ । उनको यो चाला हेर्न भीडै लागेको थियो ।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गर्ने तयारी गरेको छ । सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गर्न लागेको बताए ।साभार:अनलाइनखबर

Related posts

मधेस : सभामुखका लागि एमालेका मण्डल र काँग्रेसका यादवको उम्मेदवारी

MadhesKhabar

सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा

MadhesKhabar

कर्मचारीलाई दोष थोपरेर उम्किए मुख्यमन्त्री राउत

MadhesKhabar

Leave a Comment