Madhes Khabar
मधेस प्रदेश हेडलाइन

कर्मचारीलाई दोष थोपरेर उम्किए मुख्यमन्त्री राउत

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री राउतको देखिने गरी कुनै संलग्नता नभएको दाबी गरेको छ । तर, साइकल खरिदको सबै योजना मुख्यमन्त्री राउतबाटै भए पनि अख्तियारको मुद्दाबाट भने उनी उम्किएका छन् ।

राउतले आफ्नो नेतृत्वको सरकार गठन भएलगत्तै मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियान सुरु गरेका थिए । यो कार्यक्रम मधेस प्रदेशका छात्रालाई नि:शुल्क साइकल बाँड्ने नाममा आर्थिक अनियमितता भएपछि अख्तियारले गत वर्ष असोजमा फाइल नियन्त्रणमा लिएको थियो ।

मुख्यमन्त्री राउतकै योजनामा दुई चरण गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरिएको थियो । पहिलो चरणमा प्रतिसाइकल ६ हजार ४ सय ४२ रुपैयाँ र दोस्रो लटमा प्रतिसाइकल ८ हजार ४ सय ४६ रुपैयाँमा खरिद गरिएको थियो । प्रदेश सरकारले १७ हजार २ सय ६२ थान साइकल खरिदमा ११ करोड १० लाख २९ हजार ९ सय ५८ र दोस्रो लटमा १० हजार खरिद गर्न ८ करोड ४४ लाख ६७ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको थियो ।

अख्तियारलाई दिएको बयानमा मुख्यमन्त्री राउतले आफ्नो खरिद प्रक्रियामा संलग्न नभएको जिकिर गरेका छन् । उनले गुणस्तर, मूल्य, पारदर्शीतालगायत खरिद प्रक्रियाका सबै काम कर्मचारीबाट भएको र आफूले नीति बनाइदिएको उल्लेख गरेका छन् ।

‘प्रदेशको नीति, कार्यक्रम र बजेटमा भएको व्यवस्थाअनुसार साइकल खरिद गरिएको हो । खरिद प्रक्रिया कसरी गर्ने, कति गर्ने सबै सरोकार खरिदमा संलग्न हुनेहरुको दायित्व हो,’ राउतले अख्तियारलाई दिएको बयानमा भनिएको छ, ‘प्रदेश सरकारले नीति बनाउने र बजेट व्यवस्थापन गर्ने मात्र हो, अन्य कुरा मलाई थाहा हुँदैन ।’

उनले बयानमा खरिदको सबै हेर्ने जिम्मा आफ्नो नभएको र कार्यालयबाट खटिएका कर्मचारीको भएको जिकिर गर्दै उम्किन खोजेका छन् ।

‘सबै हेर्ने जिम्मा मेरो होइन, कार्यालयबाट खटिएको व्यक्तिको हो, साइकल वितरण गर्दा आवश्यकताअनुसार खरिद गर्ने नीति र कार्यक्रम बजेटमा भएको अनुसार गर्न निर्देशक समिति बनाइएको छ, समिति गठन गर्दा हस्ताक्षर मेरो हो, साइकल आएको हो, गुणस्तरीय छ/छैन, टेण्डर अनुसारको भए/नभएको हेर्ने कार्य मेरो सरोकारको विषय होइन ।’ साभार: कान्तिपुर

 

Related posts

निजी विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न महानगरलाई अदालतबाट उत्प्रेषण आदेश जारी

MadhesKhabar

पर्सा जिल्लामा यसवर्षको पहिलो कालाजारको बिरामी भेटियो

MadhesKhabar

सीडीओ आँफेले खोप खाएर पर्सामा सुरु गरे `हैजाविरुद्धको खोप अभियान´

MadhesKhabar

Leave a Comment